हार्मोनी कप प्रतियोगिता आयोजना गर्दै गैह्र आवासीय नेपाली संघ पश्चिम अस्ट्रेलिया

हार्मोनी कप प्रतियोगिता आयोजना गर्दै गैह्र आवासीय नेपाली संघ पश्चिम अस्ट्रेलिया

अस्ट्रेलिया । कोभिड १९ माहामारी केही कम भएसँगै पश्चिम अस्ट्रेलियाको जनजीवन फेरी सामान्य अवस्थामा फर्किसकेको छ । यससँगै नेपाली समुदायमा भाईचारा बढाउन र खेलको माध्यमबाट दुःख सुख साट्न गैह्र आवासीय नेपाली संघ पश्चिम अस्ट्रेलियाले एनआरएनए डब्लु ए हार्मोनी कप आयोजना गर्दैछ ।  

यहि अक्टोबर महिनाको १० र ११ गते पश्चिम अस्ट्रेलियाको राजधानी पर्थमा हुन लागेको यस प्रतियोगिताको खेल तालिका, समय र स्थल  तोकिएसँगै सम्पूर्ण तयारी सकिएको  गैर आवासीय नेपाली संघ पश्चिम अस्ट्रेलियाका सचिव दीपक बस्नेतले जानकारी दिए ।

पश्चिम अस्ट्रेलियामा दोश्रो पटक आयोजना हुन लागेको यस  प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, टेबल टेनिश, लंग टेनिस ब्याड्मिन्टन र ५ किमी दौड गरी  ७ खेल समावेश गरिएको छ ।

प्रतियोगिताको समापन कार्यक्रम पनि १८ अक्टोबर साँझ हुने र त्यही कार्यक्रमबाट विजय प्रतियोगीहरुलाई  मेडल, प्रमाणपत्र तथा पुरस्कार बितरण गरिने बस्नेतले बताए ।