स्वयम्भु र बालाजु बने कोरोनाको ‘हटस्पट’, कुन वडामा कति संक्रमित ?

स्वयम्भु र बालाजु बने कोरोनाको ‘हटस्पट’, कुन वडामा कति संक्रमित ?

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंमा हुन थालेका छन्। आइतबार देशभरका संक्रमितको करिब ७१ प्रतिशत काठमाडौं उपत्यकामा मात्र भटिएका थिए। आइतबार देशभर २ हजार २ सय ५३ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय ९९ संक्रमित भेटिएका थिए। यो संक्रमितको ७० दशमलव ९७ प्रतिशत हो। यसरी थपिएकामध्ये अधिकांश काठमाडौ महानगरभित्रका थिए। 

काठमाडौ हालसम्म २४ हजार ४६ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये  महानगरपालिकामा मात्र १० हजारभन्दा बढी छन्। महानगरमा  असोज १७ गतेसम्म १० हजार ४ सय १७ जनामा कोरोना संक्रमण पुगेको छ।  ३ सय ६५ पहिचान नखुलेका संक्रमित छन्। ज्यान गुमाउनेको संख्या एक सय नजिक पुगेको छ। 

असोज १७ गतेसम्म  ८४ जना संक्रमितले ज्यान गुमाएका छन् ।  महानगरका सवै बडामा संक्रमित संख्या एक सयभन्दा माथि पुग्न लागेको छ। 

महानगरका सबै वडामा संक्रमण फैलिइसकेको छ। महानगरको स्वास्थ्य शाखाले उपलव्ध गराएको तथ्यांअनुसार होम आइसोलेनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको  छ। संक्रमितमध्ये ३ हजार २ सय २ जना होम आइसोलेसनमा छन्।  

अस्पतालमा ५ सय ४७  जना संक्रमित छन् भने संस्थागत आइसोलेसनमा ५  सय ७४  जना रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ। हालसम्म महानगरमा ५ हजार ९ सय  १८ जना संक्रमणमुक्त भएका छन्। महानगरले २१ हजार १ सय १३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ। तीमध्ये १० प्रतिशत अर्थात् २१ सय २७  जनाको रिपोर्ट पोजेटिभ आएको  छ।

यी हुन्  महानगरका  हटस्पट 
काठमाडौं महानगरका १७ वटा वडामा २ सयभन्दा बढी संक्रमित छन्।  सबैभन्दा धेरै वडा नम्बर १५ स्वयम्भुमा छन्। स्वयम्भुमा  ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ भने ७ जनाको  मृत्यु  भएको छ।  सँगै रहेको वडा नं  १६ बालाजुमा ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ ४ जना संक्रमितले ज्यान गुमाएका छन् । वडा न ३ महारागञ्जमा ५ सय ५१  जनामा संक्रमण पुष्टि भएको छ भने एक जना मृत्यु  भएको छ। 

२०० भन्दा धेरै संक्रमित भएका हटस्पट वडाहरु, कहाँ, कति ?

  •     वडा नं ३ महारागञ्ज–५५१,  मृत्यु १
  •     वडा नं ४ धुम्वाराही–३२१,   मृत्यु ७ 
  •     वडा नं ६ बौद्ध–२७०,    मृत्यु १
  •     वडा नं ७  मित्रपार्क– ३९४,    मृत्यु ५
  •     वडा न ८ जयवागेश्वरी–२५८,    मृत्यु १
  •     वडा नं ९ गौशाला–३५०,   मृत्यु १
  •     वडा नं १० बानेश्बर–२७९,    मृत्यु ५
  •     वडा नं ११ त्रिपुरेश्वर–५६३,    मृत्यु ३
  •     वडा नं १३ कालिमाटी–५७३,  मृत्यु  ४
  •     वडा नं १४ कलंकी–६००,  मृत्यु ३
  •     वडा नं १५ स्वयम्भु–८९४,    मृत्यु ७ 
  •     वडा नं  १६ बालाज– ७३९,    मृत्यु ४
  •     वडा नं १७ खुसीबुँ–२४०,     मृत्यु २ 
  •     वडा नं २६ लैनचौर–३३७,  मृत्यु १
  •     वडा नं २७ इनबहाल–३३१,  मृत्यु ४
  •     वडा नं २८ बागवजार–४४९,    मृत्यु १ 
  •     वडा नं २९ डिल्लीबजार–३०६,  मृत्यु ०
  •     वडा नं ३१ शान्तिनगर–३०७,  मृत्यु १ 
  •     वडा नं  ३२  कोटेश्वर–५५४, मृत्यु  २  
  •     नखुलेको ३६५