भक्तपुरमा बसभित्रै किशोरीको सामूहिक बलात्कार, चालकसहित दुईजना पक्राउ

भक्तपुरमा बसभित्रै किशोरीको सामूहिक बलात्कार, चालकसहित दुईजना पक्राउ

काठमाडौं । भक्तपुरमा-१६ वर्षीया किशोरीलाई ड्राइभरसहित तीनजनाले बसभित्रै बलात्कार गरेका छन् । एकजना १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरिसकेको छ।

पक्राउ पर्नेहरुमा भक्तपुरको सूर्यविनायक बस्‍ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-१० घर भएका २२ वर्षीय निरकुमार खड्कासहित४ दुईजना रहेका छन्। दुवैजनालाई भक्तपुर प्रहरीले शनिबार राति पक्राउ गरेको हो।

भक्तपुर नगरपालिका-८ कालाँचास्थित रोकी राखेको बा ३ ख २६१२ नम्बरको बसमा खड्कासहित ३ जनाले ती किशोरीलाई बलात्कार गरेको खुलेको छ।

बलात्कारको घटना थाहा पाउनेबित्तिकै महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बस चालक खड्कासमेत २ जनालाई पक्राउ गरेको हो। उक्त घटनामा संलग्‍न रहेर अर्का एकजनाको खोजी भइरहेको भक्तपुर प्रहरीले जानकार दिएको छ।