श्रीमती साटफेर गर्दै सुत्नेहरु प्रहरी खोरमा

श्रीमती साटफेर गर्दै सुत्नेहरु प्रहरी खोरमा

काठमाडौं । पछिल्लो समय आफ्नी श्रीमतीलाई अर्को परिचत पुरुषसँग पठाउने र परिचित पुरुषकी श्रीमती वा गर्लफेण्डलाई आफुले भोगचलन गर्ने गरेको घटना सार्वजनिक भएको छ । घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा भएको हो ।

उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन) लाई दिल्ली लगेर श्रीमान हरि (नाम परिवर्तन) ले आफ्ना साथी अमरलाई चलाउन सुम्पिए भने साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन) सँग आफू रमाए । समाचार अनुसार विवाहित महिला सीताको उजुरीपछि यो घटनाको पर्दाफास भएको हो । सीतालाई छाडिदिने भन्दै उनका श्रीमान हरिले यस्तो कार्य गरेको प्रहरी चौकीमा दर्ता गरिएको उजुरीमा उल्लेख छ ।

पीडित सीताको आरोप छ श्रीमानले दिल्ली लगेर मलाई आफ्ना फूपूका छोरा अमर (भाई) की गर्लफ्रेण्ड निशासँग साटेर चलाए । पीडित महिला सीताले हरि आफ्ना पति (हरि) र उनका फूपूका छोरा अमरविरुद्ध मुद्दा दर्ता गराएकी छिन् । सुरुमा सीतालाई हरिले फूपाजूको घर लगेका थिए । त्यहाँ रातको समयमा लगातार हरिले सीतालाई फूपाजूका छोरा अमरसँग विस्तरामा एक साथ राखे ।

हरि पनि अमरकै गर्लफ्रेण्ड निशासँग त्यही कोठामा सुत्थे । र दुबै जोडी सँगै कार्य चलाउँथे । जब सीता यो कार्यको विरोध गर्थिन् तब उनलाई छाडिदिने हरिको कुरा आउँथ्यो । साथै श्रीमान र फूपाजूका छोरा मिलेर दुबैले एकसाथ दुबै जनासँगपनि साथ जमाए ।

दिल्लीमा यो क्रम धेरै दिन चल्यो । त्यसको केही दिनपछि सीता श्रीमान हरिसँगै कानपुर आइन् । महिना दिनपछि अमर र निशा पनि त्यहाँ आईपुगे । त्यहाँ पनि दिल्ली जस्तै श्रीमती, गर्लफ्रेण्ड साट्न थाले ।

सीता भन्छिन्– मलाई फूपूका छोरा अमरसँग कोठामा पठाउथे । मलाई रातभरी सुत्न नदिइ अमरले ज्यादै चलाउन खोज्थे । मेरा श्रीमान निशासँग रातभरी अर्को कोठामा बिताउथे । यो सम्बन्धमा निशा राजी थिइन् तर मेरो बाध्यता थियो ।

यो क्रम एक हप्ताभरी चल्यो त्यसपछि सीताको धैर्यताको बाँध टुट्यो । यो घटनाबारे उनले पुलिसलाई जानकारी गराइन् । हरि र अमरविरुद्ध गम्भीर आरोपमा मुद्दा दर्ता गराइन् । पीडित सीतालाई प्रहरीले मेडिकल परीक्षणका लागि जिल्ला अस्पताल पठाएको छ ।