नाका बन्द नगर्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह, नगरपालिका फोरमका सचिवले व्यक्त गरे चिन्ता

नाका बन्द नगर्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह, नगरपालिका फोरमका सचिवले व्यक्त गरे चिन्ता

भक्तपुर । उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरस सिंहदरबार प्रवेश नगरेसम्म नियम बनाउनेहरुको चेत नखुल्ने बताएका छन् ।

रफत् सञ्चार क्लबले आइतवार भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा उनले नगरपालिका फोरमले पटकपटक सिमा नाका कडाइ गर्न गरेको आग्रह अटेर गर्दा भयावह अवस्था आएको बताए ।

फोरमका सचिव श्रेष्ठले देशभरको सङ्क्रमितको सङ्ख्याको ५० प्रतिशत सङ्क्रमित उपत्यकामा देखिनु र नियन्त्रणमा जिम्मेवार निकायले लापरवाहीकै कारण कोरोना नियन्त्रण बाहिर पुगेको बताए ।

“हामीले सीमा नाका कडाइ गरौँ, उपत्यका जोगाउन बाहिरी जिल्लाबाट प्रवेश गर्न नदिऔँ र उपत्यकाभित्र लकडाउन खोलौँभन्दा प्रशासनले मानेन,” उनले भने ।

उपत्यकामा डरलाग्दो अबस्थामा सङ्क्रमण बढ्दै समुदायमा फैलिएको बताउदै उहाँले उपत्यकाबाट अव दशैं र तिहारको समयमा बाहिर जानेबाट देशैभर कोरोना सङ्क्रमणको दर वृद्धि हुने अवस्था रहेकाले सर्तकता अपनाउन आवश्यक रहेको भनाइ राखे ।

अब लकडाउनको अर्थ नभएको बताउँदै उहाँले भाइरस सङ्क्रमण बढी भएको क्षेत्रमा निषेधाज्ञा लगाउन भने सकिने बताउदै दशैं तिहारसम्म सङ्क्रमितको सङ्ख्याले एक लाख नाघ्ने बताए ।

उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको निषेधाज्ञा कागजमै सीमित बन्दा उपत्यकामा महामारी फैलिएको उनको भनाइ थियो ।