कोरोना संक्रमणः भारतमा मृतकको संख्या ९० हजार नाघ्यो

कोरोना संक्रमणः भारतमा मृतकको संख्या ९० हजार नाघ्यो

नयाँदिल्ली । भारतमा २४ घण्टामा ८३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार ८३ हजार ३ सय ४७ संक्रमित थपिएका हुन्। २४ घण्टामा १ हजार ८५ जनाको मृत्यु भएको छ।

योसँगै भारतमा कूल संक्रमितको संख्या ५६ लाख ४६ हजार ११ पुगेको छ भने मृतकका संख्या ९० हजार २० पुगेको छ।

भारतमा हाल ९ लाख ६८ हजार ३ सय ७७ सक्रिय संक्रमित छन् भने ४५ लाख ८७ हजार ६ सय १४ जना निको भइसकेका छन्।