चिनियाँ राष्ट्रपतिका आलोचकलाई यति कडा सजाय ?

चिनियाँ राष्ट्रपतिका आलोचकलाई यति कडा सजाय ?

चिनियाँ राष्ट्रपति सी चिनफिङका आलोचक तथा पूर्वघरजग्गा व्यवसायी रेन सिचियाङलाई भ्रष्टाचार अभियोगमा १८ वर्षको जेल सजाय सुनाइएको छ ।

बेइजिङस्थित एक अदालतले सिच्याङलाई ‘भ्रष्टाचार, घूसखोरी र सार्वजनिक कोषको अपचलन’ मुद्दामा दोषी ठहर गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

जेल सजायसँगै उनलाई ४२ लाख युआन जरिवानासमेत तोकिएको छ ।