अनसनरत डा केसीलाई काठमाडौँ ल्याइदै

अनसनरत डा केसीलाई काठमाडौँ ल्याइदै

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी अनसनरत अवस्थामा आज काठमाडौँ ल्याइदै छ । मेडिकल शिक्षाका विभिन्न माग राख्दै नौ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी मंगलबार काठमाडौँ ल्याउन लागेका हुन् । डा केसीलाई सोमबार नै नेपालगञ्जको भेरी अस्पतालमा ल्याइएको थियो । 

डा केसीले काठमाडौँ लागि पनि सत्याग्रहलाई भने निरन्तरता दिने बताएका छन् । डा केसीले आफ्ना मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल नगरेको गुनासो गरेका छन् । उनले आफूलाई अपहरण शैलीमा हामीलाई सत्याग्रह स्थलबाट जबर्जस्ती अस्पतालमा सारिएको समेत बताएका छन् ।

९ दिनदेखि जुम्लाबाट १९ औं अनशन बसेका डाक्टर केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई जुम्लामै हुँदा आईसीयुमा राखेको थियो । डाक्टर केसीको स्वास्थ्यमा समस्याआउन थाली सके पनि सरकारले भने वार्ताको लागि कुनै पहल नगरेको भन्दै डा केसीको समर्थनमा विभिन्न ठाउँमा आन्दोलनहरु समेत हुन थालेको छ ।

डाक्टर केसीका समर्थकहरुले डा केसीको जीवनरक्षाको माग गर्दै आज साँझ ५ बजे माइतीघर मण्डलामा सयजना जम्मा भएर सय मिनेट अनशन बस्ने घोषणा समेत गरिसकेका छन् ।