वैज्ञानिकहरूले पत्ता लगाए नयाँ तथ्य, हाम्रै चुल्होमा छ कोरोनालाई ठाउँको ठाउँ नष्ट गर्ने औषधि !

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ तथ्य, हाम्रै चुल्होमा छ कोरोनालाई ठाउँको ठाउँ नष्ट गर्ने औषधि !

काठमाडौं । विश्वभर महामारीको रूप लिएको कोरोनाभाइरस नष्ट गर्न आयोडिन निकै सहयोगी हुने तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

वैज्ञानिकहरूले हालै गरेको एक रिसर्चमा आयोडिनको प्रयोगबाट कोरोना भाइरसलाई नष्ट गर्न सकिने पत्ता लागेको हो ।

जामा ओटोलरिङ्गोलोजी हेड एण्ड नेक सर्जरीमा प्रकाशित रिसर्चमा नाक र मुखलाई आयोडिनले सफा गरेमा १५ सेकेण्डमै कोरोना संक्रमण रोक्न सकिने पत्ता लागेको उल्लेख छ ।

कोरोना भाइरसको शुरूआती लोड नाकको भित्री भाग र घाँटीमा हुने गर्छ । त्यहाँबाट बल्ल फोक्सोमा गएर असर गर्ने हो ।

वैज्ञानिकहरूले रिसर्चमा ०.५ प्रतिशत कन्स्ट्रेसनवाला आयोडिन सोलुसनमा कोरोना भाइरसलाई राखे । त्यसले १५ सेकेण्डमै कोरोना नष्ट गरिदियो ।

यसको पुष्टिका लागि वैज्ञानिकले एक अन्य प्रयोग गरे, जसमा आयोडिनका तीन एन्टीसेप्टिक सोलुसन बनाए, जसमा आयोडिनको मात्रा ०.५ प्रतिशत, १.२५ प्रतिशत र २.५ प्रतिशत राखिएको थियो ।

तीनै सोल्युशन्समा जब कोरोनाको भाइरस छोडियो तब ०.५ वालामा कोरोना नष्ट भयो । उनीहरू यो जाँच एथनोल अल्कोहलमा पनि गरे तर त्यसको नतिजा अपेक्षित आएन ।

आयोडिनले नाक र मुख सफा गर्दा कोरोनाबाट बच्न सकिने तथ्य वैज्ञानिकहरूले पत्ता लगाए ।

आयोडिन हाम्रो शरीरका लागि निकै नै उपयोगी चिज हो । हामीले प्रयोग गर्ने प्याकेटको नुनमा पनि आयोडिनको मात्रा हुन्छ ।

यसरी हेर्दा फ्रेस नुन मनतातो पानीमा मिसाएर गलला गर्दा, कुल्ला गर्दा र नाक सफा गर्दा पनि कोरोनाभाइरसबाट बच्न सहयोग पुग्ने देखिएको छ ।