नयाँ दिल्ली । भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ३३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८६ हजार ७५२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९२ हजार ६०५ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ । भारतमा कुल संक्रमित ५४ लाख ६२० पुगेको छ ।
भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ४३ लाख ३ हजार ४४ जना ठिक भएका छन् । त्यस्तै १० लाख १० हजार ८२४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ६ करोड ३६ लाख ६१ हजार ६० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १२ लाख ६ हजार ८०६ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।