जापानको नयाँ प्रधानमन्त्रीमा योसिहिडे सुगा चयन

जापानको नयाँ प्रधानमन्त्रीमा योसिहिडे सुगा चयन

काठमाडौं । योसिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई जापानको संसद्ले प्रधानमन्त्रीको रुपमा चयन गरेको छ । गत सोमबार सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले उनलाई आफ्नो नेता चयन गरेसँगै सुगा जापानको नयाँ प्रधानमन्त्री बन्न निश्चितजस्तै भएको थियो ।

बुधबार भएको मतदानमा ७१ वर्षीय सुगाले जित हासिल गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघिका लोकप्रिय प्रधानमन्त्री सिन्जो आबेले आफ्नो कार्यकाल सकिनुभन्दा अघि नै स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि उनको बाँकी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीको चयन गरिएको हो ।

आगामी वर्ष हुने संसदीय निर्वाचनसम्म सुगा जापानको प्रधानमन्त्रीको रुपमा रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।