भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, ८२ हजारको निधन

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, ८२ हजारको निधन

काठमाडौं । भारतमा कोरोना संक्रमित हुनेको संख्या ५० लाख पुगेको छ। बुधबार २४ घण्टामा ९० हजार एक सय २३ जना संक्रमित थपिएसँगै  संक्रमितको संख्या ५० लाख पुगेको भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्वमैं एउटै देशमा ५० लाख संक्रमित हुने देशमा अमेरिकापछि भारत दोस्रो हो। भरतमा मृत्यु हुने संक्रमितको संख्या ८२ हजार ६६ जना पुगेको छ। गत २४ घण्टामै १२ सय ९० जना संक्रमितको ज्यान गएको छ। 

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । प्रत्येक दिन धेरै संक्रमित पुष्टि हुने देशको सूचिमा भने भारत पहिलो स्थानमा छ ।