नयाँ दिल्ली । श्वासप्रश्वासमा समस्या देखिएपछि भारतका गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन् । पछिल्लो महिना कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनी अस्पतालबाट डिस्चार्ज भएका थिए ।
उनमा फेरि समस्या देखिएपछि अस्पताल भर्ना भएको बीबीसीले जनाएको छ । उनमा थकान र शरीरमा दुखाइ कम नभएपछि उनी पुनः एम्स अस्पतालमा भर्ना भएका थिए । गत ३१ अगस्तमा उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
उनका निकटस्तका अनुसार शाहलाई फेरि श्वास लिन समस्या भएपछि एम्समा भर्ना गरिएको हो । उनको पुनः कोरोना परीक्षण हुँदैछ ।