भारतमा एकै दिन ८३ हजारभन्दा बढी कोरोना संक्रमित फेला

भारतमा एकै दिन ८३ हजारभन्दा बढी कोरोना संक्रमित फेला

नयाँ दिल्ली । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले मुलुकमा लगातार दोश्रो दिन ८३ हजार बढी कोरोना भाइरसका संक्रमित फेला परेको जनाएको छ। २४ घण्टाको अवधिमा त्यहाँ ८३ हजार ३ सय ४१ जना नयाँ संक्रमित फेला परेका हुन्।

यसैगरी यो अवधिमा १ हजार ९६ जनाको मृत्यु भएको छ। यो सँगै भारतको संक्रमित संख्या ३९ लाख ३६ हजार नाघेको छ। यस्तै मृतक संख्या ६८ हजार ४ सय ७२ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ देशभर कोरोनाका ८ लाख ३१ हजार बढी संक्रिय केस रहेको छन् भने हालसम्म ३० लाख ३७ हजार बढी कोरोनाबाट निको भइसकेका छन्।

संक्रमित र मृतक संख्याको आधारमा भारत विश्वमा तेश्रो स्थानमा रहेको छ। दोश्रो नम्बरमा ब्राजिल रहेको छ भने पहिलो नम्बरमा अमेरिका रहेको छ।