भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ। कोरोना संक्रमणपछि उपचारकै क्रममा सोमबार उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रणव मुखर्जीका छोरा अभिजित मुखर्जीले ट्विट गरेर निधनबारे जानकारी दिएका छन् । उनमा कोरोना संक्रमण भएको थियो ।
मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति थिए । मुखर्जी मनमोहन सिंह प्रधानमन्त्री हुँदा अर्थमन्त्री थिए।