कोरोना नियन्त्रणमा अब्बल भनिएको दक्षिण कोरियामा कसरी बढ्न थाल्यो संक्रमण ?

कोरोना नियन्त्रणमा अब्बल भनिएको दक्षिण कोरियामा कसरी बढ्न थाल्यो संक्रमण ?

सोल । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ ।

यहाँ संक्रमित हुनेहरूको संख्या पछिल्ला हप्ताहरूमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ ।

यसैबीच बिहीबार  प्राप्त समाचरमा यहाँ कोरोनाका थप ४४१ जना भेटिएको बताइएको छ । यो केही महिना यतादेखिकै सबैभन्दा बढी संख्या भएको बताइएको छ ।

यहाँको स्वस्थ्य मन्त्रालयले यो संख्या गएको मार्च ७ तारिख पछि एकै दिन देखिएको यो सबैभन्दा बढी संख्या भएको बताएको छ ।

यहाँ बिहीबार सम्ममा संक्रमितहरूको संख्या १६ हजार नाघेको बताइएको छ । प्राप्त समाचारमा यो संख्या १८ हजार ६०० जना पुगेको बताइएको छ ।

यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि १०० जनाभन्दा बढीको संक्रमित थपिएका छन् ।

उनीहरूमध्ये अधिकांश समुदायमै भेटिएका हुन् भने थोरै मात्र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ ।

बिहीबारसम्म कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या ३१३ पुगेको पनि बताइएको छ ।

यहाँका संक्रमितहरू बढीजसो चर्चमा गएका व्यक्तिहरू भएको बताइएको छ । तर पछिल्लो समयमा विदेशबाट आएका र समुदायमा भेटिएका व्यक्ति बढी पाइएको छ ।