कोरोना महामारीबीच स्कटल्यान्डबाट राहतको खबर, तयार हुँदैछ महत्त्वपूर्ण हतियार !

कोरोना महामारीबीच स्कटल्यान्डबाट राहतको खबर, तयार हुँदैछ महत्त्वपूर्ण हतियार !

स्वास्थ्य उपकरण बनाउने स्कटिश कम्पनी लुमिराडिएक्सले कोरोनाभाइरसको संक्रमण १२ मिनेटमै पत्ता लगाउने उपकरण तयार पार्ने भएको छ ।

उक्त उपकरण निर्माणका लागि स्कटल्यान्ड सरकारले उक्त कम्पनीसँग सम्झौता गरिसकेको जनाइएको छ ।

सम्झौतासँगै लुमिराडिएक्स कम्पनीले स्टरलिङस्थित आफ्नो कारखानामा कोरोना जाँचका लागि विशेष उपकरण बनाउन शुरू गरेको छ ।

उक्त उपकरणलाई सजिलै एक ठाउँबाट अर्काे ठाउँ सार्न सकिने तथा सानो क्लिनिकमा पनि स्थापना गर्ने सकिने कम्पनीले जनाएको छ ।  

कोरोना परीक्षण प्रविधिको मान्यता अमेरिकाको फेडलर ड्रग एडमिनेस्ट्रेसनले दिन्छ र स्कटल्यान्ड र युरोप यसको अन्तिम चरणमा छन् ।

स्कटल्यान्ड सरकारका मन्त्री इवान म्याक्कीले भने, ‘लुमिराडिएक्ससँग जुन सम्झौता भएको छ, यसअन्तर्गत उसले हामीलाई १२ मिनेटमा कोरोना परीक्षणको नतिजा दिने स्वास्थ्य उपकरण उपलब्ध गराउने छ, जुन उपकरण कोरोना महामारीविरुद्धको युद्धमा महत्त्वपूर्ण हुनेछ ।’

हाल कोरोना परीक्षण गर्न घण्टौं लाग्ने समस्याले गर्दा बिरामी पत्ता लगाउन र आइसोलेट गर्न ढिला हुने गरेको छ, जसका कारण धेरै व्यक्तिमा संक्रमण फैलिरहेको छ ।