भारतमा कोरोना संक्रमणदर उच्च, बनायो नयाँ रेकर्ड

भारतमा कोरोना संक्रमणदर उच्च, बनायो नयाँ रेकर्ड

नयाँ दिल्ली । भारत विश्वभरि नै सबैभन्दा बढी दैनिक संक्रमण उच्च हुने देश हुन पुगेको छ । भारतमा मंगलबार ६६ हजार ८३७ जना कोरोना संक्रमित थपिएका छन् । उक्त अवधिमा भारतमा एक हजार ६६ जनाको मृत्यु हुँदा ६४ हजार १५१ जना निको भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख ३१ हजार १५४ पुग्दा ५९ हजार ६१२ जनाको ज्यान भइसकेको छ । संक्रमितमध्ये २४ लाख ६७ हजार २५२ जना निको हुँदा संक्रिय संक्रमित संख्या ७ लाख ४ हजार ३२२ छ ।

भारतमा सबैभन्दा बढी प्रभावितको सूचीमा पहिलो अमेरिका र दोस्रो ब्राजिलको भन्दा बढी दैनिक संक्रमित थपिन थालेका छन् । मंगलबार पनि भारतमा कोरोना संक्रमितको संख्याले रेकर्ड कायम गरेको छ । भारतमा ६६ हजार बढी संक्रमित थपिँदा अमेरिकामा ४० हजार र ब्राजिलमा ४६ हजार संक्रमित थपिए । उक्त अविधिमा अमेरिकामा १२ सय ९० र ब्राजिलमा १२ सय १५ जनाले ज्यान गुमाए ।

अगस्तको पहिलो सातादेखि नै भारतमा प्रतिदिन ६० हजार भन्दा संक्रमित देखा परेका हुन् । भारतमा कोरोनाको तीब्रता जसरी फैलिरहेको छ, यो नियन्त्रण भएन भने केही दिनमा नै संसारकै सबैभन्दा संक्रमित हुन देशको नाम भारत हुने निश्चित देखिन्छ ।