अमेरिकामा अश्वेत नागरिकमाथि प्रहरीले हान्यो उनको बच्चाकै अगाडि गोली (भिडियो)

अमेरिकामा अश्वेत नागरिकमाथि प्रहरीले हान्यो उनको बच्चाकै अगाडि गोली (भिडियो)

काठमाडौं । अमेरिकामा एक अश्वेत नागरिकमाथि फेरि प्रहरीले गोली हानेका छन् । ज्याकोब ब्लेक नाम गरेका व्यक्तिमाथि उनकै तीन बच्चाको अगाडि प्रहरीले आइतबार ७ राउन्ड गोली चलाएको बीबीसीले जनाएको छ । उनको ढाँडमा गोली लागेको बताइएको छ । यतिबेला अस्पतालमा उपचार भइरहेका उनको अवस्था स्थिर भएको जनाइएको छ । यस घटनाले अमेरिकामा फेरि रंगभेदविरुद्धको आन्दोलन चर्किने खतरा बढेको छ ।

२९ वर्षका ज्याकोबलाई किन गोली हानियो भन्नेबारे हालसम्म केही खुलाइएको छैन । प्रहरीले गोली प्रहार गरेको भिडियो भाइरल भएपछि त्यहाँका स्थानीयहरूले चर्को रुपमा विरोध प्रदर्शन गर्न थालेका छन् । प्रदर्शन बृहत बन्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ । साथै विशेष प्रहरीहरु सुरक्षाको लागि खटाइएको छ ।

गत मे २५ मा प्रहरीले जर्ज फ्लोयडको हत्या गरेपछि नै अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ । हाल प्रहरीले अश्वेतमाथि ज्यादती नरोकेको भन्दै लगातार दुई दिनयता प्रदर्शन भइरहेको छ ।