नेपालकै सार्वजनिक बसमा अब कार्डबाट पैसा तिर्न मिल्ने

नेपालकै सार्वजनिक बसमा अब कार्डबाट पैसा तिर्न मिल्ने

काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले विद्युतीय माध्यमबाट रकम भुक्तानी (इपेमेन्ट) गर्न मिल्ने स्मार्ट कार्ड आइतवारदेखि सञ्चालनमा ल्याएको छ ।

कम्पनीले आइपेड प्राइभेट लिमिटेडसँगको सहकार्यमा सार्वजनिक यातायातसहित अरू सबै सानाठूला सवारी साधनमा इपेमेन्ट गर्न सकिने स्मार्ट कार्ड  प्रयोगमा ल्याएको हो ।

उक्त कार्डमार्फत जुनसुकै सवारी साधनमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

दुई सयको कार्डले रु २५० को यात्रा गर्न सकिने प्रालिले जनाएको छ ।

सो सेवा देशव्यापी बनाइने लक्ष्य रहेको प्रालिका प्रशासन प्रमुख सरिता योगीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।