अमेरिकी राष्ट्रपति ट्रम्पका भाई रोबर्ट ट्रम्पको निधन

अमेरिकी राष्ट्रपति ट्रम्पका भाई रोबर्ट ट्रम्पको निधन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोबर्ट ट्रम्पको निधन भएको छ । ७२ वर्षीय रोबर्टको स्थानीय समय अनुसार शनिबार बेलुका मृत्यु भएको हो । 

उनलाई के रोग लागेको थियो भन्ने खुलाइएको छैन । राष्ट्रपति ट्रम्पले विज्ञप्ति जारी गर्दै रोबर्ट आफ्नो भाइ मात्रै नभएर मिल्ने साथी भएको उल्लेख गरेका छन् ।

यसअघि ट्रम्प अपरान्ह न्यूयोर्क सिटीको अस्पतालमा उपचाररत भाईलाई भेट्न पुगेका थिए । रोबर्टले राष्ट्रपति ट्रम्पको घरजग्गा कारोबारको लगानीको व्यवस्थापनको काम गर्दै आएका थिए ।