काठमाडौं । कोरोना संक्रमणबाट विश्व नै आक्रान्त भैरहेको बेलामा चीनबाट अर्को दुःखद् खबर बाहिर आएको छ । हालै चीनमा कुखुराको मासुमा पनि कोरोना भाइरस देखिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
न्यु योर्क पोष्टका अनुसार ब्राजिलबाट चीनमा लगिएको कुखुराको मासुमा कोरोना भाइरस फेला परेको हो । सेन्जेन शहरमा नियमित कोरोना जाँचको क्रममा कुखुराको मासुमा कोरोना भाइरस फेला परेसँगै थप त्रास पैदा भएको छ ।
अतिप्रभावित देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा रहेको ब्राजिलमा कोरोनाको महामारी तिब्र गतिमा फैलिएका बेला जनावरमा पनि यसको संक्रमण देखिएको तथ्य फेला परेको हो ।
पछिल्लो समय चीनमा कोरोना भाइरसको संक्रमण कम देखिन थालेका बेला प्याक गरिएको मासुमा संक्रमण पुष्टि भएसँगै संक्रमण फेरी फैलने त्राश बढेको छ । हालसम्म चीनमा ८४ हजार ४ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।