काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरसविरुद्धको खोप विकास गरेर प्रयोगमा ल्याएको दाबी गरेका छन् पुटिनले कोरोनाविरुद्धको खोप आफ्ना दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै 'साइड इफेक्ट' नदेखिएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पुटिनले मङ्गलबार खोपको विकास गरी दर्ता भएको जानकारी दिएका हुन् । कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ । रुसका अधिकारीहरुले यो खोप डाक्टर, स्वास्थ्यकर्मीसहित मेडिकल कर्मचारी, शिक्षक र अरु उच्च जोखिममा रहेका वर्गमा दिइने जनाएका छन् ।
समाचार एजेन्सी एजेन्सी एएफपीको जानकारी अनुसार यो खोप मस्कोको गामेल्या इन्स्टिच्युटले बनाएको हो । रुसी राष्ट्रपति पुटिनले रुसमा चाँडै नै यो खोपको उत्पादन सुरु गर्ने र ठूलो सङ्ख्यामा खोपको डोज बनाउने बताए ।
अब यदि रुसले गरेको दाबी सही साबित भएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खोपलाई मञ्जुरी दियो भने विश्वको लागि यो एउटा ठूलो राहत साबित हुन सक्छ ।