कोरोना भ्याक्सिन आउनै लागेको आशाबीच दु:खको खबर, अमेरिकी डाक्टरले गरे यस्तो खुलासा

कोरोना भ्याक्सिन आउनै लागेको आशाबीच दु:खको खबर, अमेरिकी डाक्टरले गरे यस्तो खुलासा

काठमाडौं । अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ एवं ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य डा. एन्थोनी फाउचीले भनेका छन्– 'भ्याक्सिनले कोरोना संक्रमणलाई ५० वा ६० प्रतिशत मात्र रोक्न सक्छ ।'

अब छिट्टै कोरोना भ्याक्सिन आउने आशामा बसेका विश्वभरका आम सर्वसाधारणका लागि यो निकै चिन्ताजनक विषय हो । यदि उनले भनेजस्तै भए भ्याक्सिन आएपछि पनि यस्तै स्वास्थ्य सावधानी अपनाइराख्नुको विकल्प हुनेछैन ।

अमरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देश हो । अमेरिकामा संक्रमितको संख्या ४९ लाख नाघिसकेको छ ।

मृतकको संख्या पनि १ लाख ६० हजार पुगेको छ ।

कोरोनाबारे जनतालाई सचेत गराउँदै आएका डा. फाउची र उनको परिवारलाई ज्यान मार्ने धम्की समेत पटक-पटक आइसकेको छ ।

सीएनएनसँगको कुराकानीमा उनले भनेका छन्, 'मलाई र मेरो परिवारलाई ज्यान मार्ने धम्की आइरहेको छ । मेरो छोरीलाई पनि यति दु:ख दिइएको छ कि सुरक्षा गार्ड नै राख्नुपरेको छ ।'

कोरोना महामारीका दौरान डा. फाउचीलाई अमेरिकामा घर–घरमा सबैले चिन्न थालेका छन् ।

कोरोनाका सबालमा उनले कैयनपटक राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समेत सार्वजनिक रूपमा असहमति जाहेर गरिसकेका छन् ।