चीनमा फैलियो कोरोनाजस्तै अर्को भाइरस, ७ जनाको मृत्यु

चीनमा फैलियो कोरोनाजस्तै अर्को भाइरस, ७ जनाको मृत्यु

काठमाडाैं । चीनमा कोरोना भाइरससँगै मिल्दोजुल्दो अर्को एक भाइरसको संक्रमण फैलिएको छ । यो भाइरसका कारण ७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा धेरै संक्रमित भएका छन् । ग्लोबल टाइम्सका अनुसार पूर्वी चीनको जियाङ्सु र अनहुइ प्रान्तमा दर्जनौँ व्यक्ति बिरामी परेका छन् । 

यो भाइरस एक प्रकारको किराले टोकेपछि फैलिने गर्छ । चिनियाँ सञ्चारमाध्यमले जियाङ्सुमा ३७ र अनहुइमा २३ जनामा यो भाइरस फैलिएको जनाएका छन् । यो नयाँ भाइरसबाट कम्तिमा ७ जनाले ज्यान गुमाइसकेका छन् । यो भाइरसको नाम हुइयाङ्गसान बनयाङभाइरस रहेको छ । छोटोमा यो भाइरसलाई एसएफटिएस भाइरस भनिन्छ ।

यो भाइरसको संक्रमण भएपछि मानिसमा ज्वरो आउने, खोकी लाग्नेलगायतका समस्या आउँछन् । कोरोना भाइरस पनि गत डिसेम्बरमा चीनबाटै फैलिएको थियो ।