आज जनैपूर्णिमा । रक्षाबन्धन बाँध्ने तथा तागाधारीहरूले जनै फेरेर मनाउने गर्छन् ।
जनै पूर्णिमाको अर्को पक्ष हो, क्वाँटी । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडीकाे मिश्रणलाई भिजाएर टुसा उमारी तयार पारने क्वाँटी परम्परागत नेपाली परिकार पनि हो ।
यो जति स्वादिष्ट हुन्छ, त्यति नै पोशिलो पनि ।
हेर्नुहोस्, क्वाँटीका फाइदाहरू :
रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ ।
पाचनशक्तिमा सुधार आउँछ ।
मधुमेह नियन्त्रणमा सहयोग गर्छ। तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ ।
उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।
कोलेस्टेरोल नियन्त्रणमा सहयोग गर्छ ।
शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ ।
रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
बालबालिका तथा वृद्धवृद्धाको कुपोषण हटाउन सहयोगी हुन्छ ।
स्मरणशक्ति वृद्धि गराउँछ ।
मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
बच्चाहरूको वृद्धिविकासमा सहयोग पुर्याउँछ ।