कोरोनाको पहिलो भ्याक्सिन अनुमतिको चरणमा, यसै महिना चिकित्सकलाई, छिट्टै नागरिकको हातमा

कोरोनाको पहिलो भ्याक्सिन अनुमतिको चरणमा, यसै महिना चिकित्सकलाई, छिट्टै नागरिकको हातमा

रुसी स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले आगामी अक्टोबर महिनामा नागरिकलाई कोरोनाको भ्याक्सिन उपलब्ध हुने गरी काम गरिरहेको बताएका छन् ।

रुसी मीडियाका अनुसार भ्याक्सिनलाई यसै महिना अनुमति मिल्ने अपेक्षा गरिएको छ र पहिलो चरणमा स्वास्थ्यकर्मी तथा शिक्षक/शिक्षिकालाई भ्याक्सिन दिइने छ ।

रुसले तयार पारेको भ्याक्सिनलाई यसै महिना अनुमति मिल्ने सम्भावना रहेको समाचार संस्था रोयटर्सले पनि जनाएको छ ।

यद्यपि तीव्र गतिमा कोरोनाको भ्याक्सिन बनाउने रुसको कोशिशलाई लिएर चिन्ता पनि व्यक्त भइरहेको छ ।

अमेरिकाको संक्रमक रोग विशेषज्ञ डा. एन्थोनी फाउजीले भने– 'अपेक्षा गरौं कि रुस र चीनले कोरोना भ्याक्सिन दिनुअघि सबैखाले परीक्षण सही ढंगले गरेका होऊन् ।'

यस वर्षको अन्त्यसम्ममा अमेरिकासँग पनि सुरक्षित र उपयोगी भ्याक्सिन हुने आशा उनले व्यक्त गरे ।

उनले थपे– 'मलाई लाग्दैन कि आजको दिनमा सुरक्षित भ्याक्सिनका लागि हामीलाई कसैसँग निर्भर रहन परोस् ।'