ठगीको आरोपमा अष्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई १८ महिना जेल सजाय

ठगीको आरोपमा अष्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई १८ महिना जेल सजाय

अष्ट्रेलिया । बिहिवार अष्ट्रेलियाकाे एक निजी बिश्वविद्यालयमा आइटि पढ्दै गरेका एक नेपाली युवकलाई त्यहाँको स्थानिय सदरल्याण्ड अदालतले जेल सजाय सुनाएको छ ।

अनलाईनको माध्यमबाट वृद्ध अष्ट्रेलियनहरुको पैसा ठगी गरेको आरोप प्रमाणित भएपछि २० वर्षिय ती युवकलाई १८ महिना जेल सजाय सुनाइएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन्। 

नेपाली युवकले भारतबाट संचालन भईरहेको आनलाईन ठगको संजालसंग मिलेर अष्ट्रेलियाका वृद्धवृद्धाले प्रयोग गर्ने क्रेडिट कार्डबाट पैसा चोरी गरेको पुष्टी भएको छ ।

नाइन न्यूजका अनुसार ठगहरुले मानिसहरुलाई तपाईको क्रेडिटकार्ड कसैले अनधिकृत रुपमा दुरुपयोग गरेर पैसा चोरिरहेको छ भन्दै कल गर्ने र मर्मतका लागि यी नेपाली युवक जाने गरेका थिए । यी युवकले कार्ड मर्मत गर्ने बहानामा त्यसमा भएको ब्यालेन्स आफ्नो बैंक खातामा पठाउँथे । संकलित पैसाको केही हिस्सा आफुले राखेर बाँकी भारतमा रहेका ठगको गिरोहलाई पठाउने गरेको खुलेेेेकाेे हाे ।

समाचारका अनुसार यी युवकले ४ जना अष्ट्रेलियनको कार्डबाट २१ पटकमा १८ हजार ५ सय डलर चोरेका थिए ।

१८ महिना जेल सजाय भुक्तानी गरेपछि उनीलाई नेपाल फिर्ता पठाईनेछ ।

दुई साता अघि सिड्नीमै दुई नेपाली विद्यार्थी  ठगीकै आरोपमा समातिएका थिए।