आठ भारतीय प्रहरीको हत्या गरेर फरार रहेका दुबे पक्राउ

आठ भारतीय प्रहरीको हत्या गरेर फरार रहेका दुबे पक्राउ

नयाँदिल्ली । भारतको कानपुरमा आठ जना प्रहरीको हत्या गरेर फरार रहेका विकास दुबे पक्राउ परेका छन। उनी मध्यप्रदेशको उज्जैन भन्ने स्थानमा रहेको महाकाल मन्दिरबाट बिहीबार बिहान पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिले उनलाई मध्य प्रदेश प्रहरीको हिरासतमा राखिएको छ।

अघिल्लो साता उत्तर प्रदेशको कानपुरमा गुण्डा नाइके पक्रन गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा डिएसपीसहित आठ भारतीय प्रहरी मारिएका थिए। राज्यका प्रहरी प्रमुख हितेश चन्द्र अवस्थीले त्यहाँको दिकरू गाँउमा दुबे र उनको समूह रहेको सूचना पाएपछि पक्राउ गर्न प्रहरी गएको बताएका थिए।

प्रहरी आउने सूचना पाइसकेको दुबेको समूह त्यहाँ जेसिबीले बाटो अवरूद्ध गरेर बसेका थिए। उनीहरूले त्यसपछि प्रहरी त्यहाँ पुग्नेबित्तिकै वरिपरिका घरका छतबाट गोली बर्साएका थिए।