नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा भइरहेको एक बिहेमा बेहुलीको मृत्यु भएको छ । भारतको कन्नौज जिल्लामा बिहे गर्दागर्दै बेहुलीको मृत्यु भएको हो । बेहुला सञ्जय शुक्रवार राति आफ्नो परिवारका साथ विनितालाई लिन पुगेका थिए । बिहे चलिरहँदा १९ वर्षीय विनिताले असहज महसूस गरिन् र बेहोस भइन् ।
उनका परिवारले विनितालाई लिएर अस्पताल पुगेपनि ज्यान बचाउन भने सकेनन् । अस्पतालले भने कोरोना नेगेटिभ भएको प्रमाणपत्र ल्याउन भन्दै भर्ना गर्न नमानेपछि समयमा उपचार नपाएर उनको ज्यान गयो ।
कन्नौज प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि पठाएका छन् भने घटनाबारे अनुसन्धान भइरहेको छ । मथकमा कोरोना पोजेटिभ भए नभएको पुष्टि भैसकेको छैन ।