कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ३७ हजार नाघ्यो, यी हुन् अतिप्रभावित १० देश

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ३७ हजार नाघ्यो, यी हुन् अतिप्रभावित १० देश

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १९७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १५ लाख ८० हजार ३६९ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण बिरामी भएका ६५ लाख ४८ हजार १२२ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४४ लाख ९४ हजार १७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६५५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २९ लाख ८३ हजार १४२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३२ हजार ५७१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २५ लाख १५ हजार ३६० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९३ हजार ७४१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३४ लाख ९४ हजार ६८७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७५ हजार ६५१ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ८४ हजार ८६६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९३ हजार ८४५ को मृत्यु भएको छ । एसिया २५ लाख ८६ हजार ६३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६२ हजार २६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ४ लाख ७९ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ११ हजार ४०० जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार २३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ ।

यी हुन् अतिप्रभावित १० देश