पेट्रोल डिजेल र मट्टीतेलको भाउ बढ्यो, कति पुग्यो मूल्य?

पेट्रोल डिजेल र मट्टीतेलको भाउ बढ्यो, कति पुग्यो मूल्य?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको बजार भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले भाउ बढाएको हो । बढेको मूल्य मंगलबार रातिबाट लागू हुनेछ । 

निगमका अनुसार पेट्रोल र डिजेलमा ५ रुपैयाँ मूल्य बढाइएको छ । मट्टीतेलमा २ रुपैयाँ बढेको छ । अब काठमाडौँमा पेट्रोल १०१ रुपैयाँमा कारोबार हुनेछ । भने, डिजेल र मट्टीतेलको मूल्य ८७ रुपैयाँ कायम हुनेछ ।