कोरोनाबाट बेहुलाको मृत्यु, विवाहमा सरिक ९५ पाहुना संक्रमित

कोरोनाबाट बेहुलाको मृत्यु, विवाहमा सरिक ९५ पाहुना संक्रमित

पटना । गत जुन १५ मा विवाह बन्धनमा बाधिएका एक युवकको कोरोना भाइरसकबाट मृत्यु भएको छ । भारतको पटनास्थित एक विवाह समारोहमा सरिक भएका ९० जना बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । गुरुग्रामका सफ्टवेयर इन्जिनियर ३० वर्षका बेहुलाको विवाहको दुई दिनपछि मृत्यु भएको छ । 

पटनाको जिल्ला प्रशासनलाई बेहुलाको मृत्यु भएको थाहा भएपछि उनका नजिकका आफन्तको कोरोना भाइरस परीक्षण गरिएको थियो । जुन १५ तारिखमा आयोजित विवाहमा सरिक भएका १५ जनामा कोरोना भाइरस पुष्टि भयो । त्यसपछि प्रशासनले कन्ट्याक्ट ट्रेसिङ सुरु गर्यो । सोमबार ८० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पटनाको प्रशासनले बेहुलाको भने कोभिड–१९ परीक्षण गर्न पाएन किनभने उनको परिवारले कुनै जानकारी बिना नै अन्तिम संस्कार गरिसकेका थिए । स्रोतका अनुसार ३० वर्षे बेहुला मे १२ तारिखमा विवाहका लागि आफ्नो देहपाली गाउँ फर्किएका थिए । त्यतिबेला उनलाई कोरोना भाइरसको लक्षण देखिएको थियो । लक्षणलाई वास्ता नगरी उनको परिवारले विवाहको कार्यक्रम अघि बढाए ।

विवाह गरेको दुई दिनपछि उनको स्वास्थ्य अवस्था नाजुक भयो । अस्पताल पुर्याउने क्रममा नै उनको मृत्यु भयो । बेहुुलाको मृत्यु भएपछि विवाहमा सरिक भएका सबै पाहुनाको कोरोना परीक्षण गरियो ।  ९५ जनामा कोरोनाभाइरस संक्रमण देखिएपनि बेहुलीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

इन्डिया टुडेको सहयोगमा