भारतमा एकैदिन थपिए यति धेरै कोरोना संक्रमित

भारतमा एकैदिन थपिए यति धेरै कोरोना संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणदर थप आक्रमकरुपमा बढिरहेको छ । त्यहाँ एकैदिन कोरोना भाइरसका करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २८ हजार ८५९ पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या पनि १६ हजार नाघेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण १६ हजार ९५ जनाको मृत्यु भइसकेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ५९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने सात हजार २७३ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा ८० हजारभन्दा धेरै संक्रमित भेटिँदा दुई हजार ५५८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा पनि ७८ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार २५ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म २१ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ६४९ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि अहिलेसम्म १६ हजारभन्दा धेरै संक्रमित देखिएका छन् भने ६२९ जनाको मृत्यु भइसकेको छ ।