चीनवाट खतरा रहेका एशियाली मुलुकहरुमा अमेरिकी सेना पठाउने अमेरिकाको तयारी

चीनवाट खतरा रहेका एशियाली मुलुकहरुमा अमेरिकी सेना पठाउने अमेरिकाको तयारी

काठमाडौं । अमेरिकाले चीनवाट खतरा रहेका एशियाली मुलुकहरुमा अमेरिकी सेना पठाउने तयारी गरेको छ । जर्मनीबाट फिर्ता गर्न लागेको सेना एसियामा तैनाथ गर्ने उस्को तयारी छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ब्रसेल्स फोरममा बोल्दै चीनबाट भारत तथा दक्षिण पूर्वी एशियामा बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिकाले यूरोपबाट आफ्नो सेनाको संख्या कम गर्ने निर्णय गरेको बताए ।

भारत र चीनबीच सीमा विवाद बढिरहेको बेला अमेरिकी विदेशमन्त्रीको भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जर्मनीमा हाल ५२ हजार अमेरिकी सेना तैनाथ रहेकोमा २५ हजार मात्र सेना राख्ने अमेरिकी तयारी छ । अमेरिकाको सेनाको संख्या घटाउने निर्णयको युरोपका कतिपय मुलुकहरुले विरोध जनाएका छन् । उनिहरुले युरोपलाई रसियाबाट खतरा रहेको भन्दै अमेरिकी निर्णय अनुपयुक्त भएको बताउंदै आएका छन् ।

अमेरिकाले तत्काल ९ हजार ५ सेना एशियामा तैनाथ गर्ने तयारी गरेको छ । अमेरिकी विदेशमन्त्री पोम्पियोले भने ‘भारत, मलेशिया, इन्डोनेशिया तथा फिलिपीन्सजस्ता एशियाली देशहरुलाई चीनबाट बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिका दुनिया भरमा रहेका आफ्ना सेनाको तैनाथीको समीक्षा गरिहरहेको छ । आवश्यक पर्यो भने पीपुल्स लिबरेशन आर्मीको मुकाबिला गर्न सकोस ।’

पोम्पिओले अमेरिकाले पीएलएलको सामना गर्न सक्ने गरी आफ्नो सेना तैनाथ गर्ने बताए । ‘यो हाम्रो समयको चुनौती हो । र हामी सुनिश्चित गर्छौ हामीसंग चीनसँग सामना गर्नको लागी सवै समाधान उचित ठाउंमा उपलब्ध हुन्छ । हाम्रो तयारी समेत पुरा छ । ’ पोम्पियोले भने ।

उनले सेनाको तैनाथी कुनै कुनै ठाउंमा कम हुने र ज्यादा खतरा जरुरी रहेको ठाउंमा बढ्ने जानकारी दिए । उनले साउथ चाइना सीमा चीनवाट खतरा बढेको दावी गरे । त्यसका लागी आफ्ना हितेषी मुलुकहरुबीच वार्ता होस भन्ने अमेरिकाको चाहना रहेको पोम्पियोको भनाई थियो । पोम्पिओले चीनबाट छिमेकी मुलुकहरुलाई खतरा रहेको यसमा अमेरिकाले नजर राखिरहेको बताए ।

उनले भारत चीन सीमामा भएको झड्प, चीनको साउथ चाइना सीमा भएको हस्तक्षेप र चीनको आर्थीक नीतिबारे खुलेर आफ्नो धारणा राखेका थिए ।  पोम्पिओले ट्रान्स अटलांटिक अलाइन्समा चीनको खतरालाई लिएर साझा समझदारी बनाउनेमा मद्दत मिल्ने बताए ।