गाउँपालिकाको नौलो योजना, दाइजो न्यूनीकरणका लागि 'अध्यक्ष कन्यादान र सामूहिक विवाह कार्यक्रम'

गाउँपालिकाको नौलो योजना, दाइजो न्यूनीकरणका लागि 'अध्यक्ष कन्यादान र सामूहिक विवाह कार्यक्रम'

महोत्तरी । महोत्तरीको पिपरा गाँउपालिकाले दाईजो न्यूनीकरणका लागि ‘अध्यक्ष कन्यादान योजना कार्यक्रम’ ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले गाउँपालिकाले सो कार्यक्रम ल्याएको जानकारी दिए ।

कार्यक्रम अन्तर्गत दाइजोका कारण आफ्नो छोरीको विवाह गर्न नसक्नेलाई गाउँपालिकबाटै सामूहिक विवाहको कार्यक्रम राखेर छोरीहरुको विवाह गरिदिने नीति ल्याएको उनले बताए ।

गाउँपालिकाले प्रत्येक वडामा समान रुपले रु एक करोड ४० लाखका दरले बजेट विनियोजन गरेको छ । गाउँपालिकाका  अध्यक्ष चौधरीका अनुसार विदेशबाट फर्केर आउने युवालाई गाउँमै कृषि क्षेत्रमा चक्लाबन्दी खेती तथा बाँझो जग्गालाई खनजोत गरी कृषिकार्यमा लगाउन कृषि आधुनिकीकरण योजना ल्याएको छ ।

बुधबार सम्पन्न छैटौँ गाउँसभाले रु ४७ करोड २१ लाख ५८ हजार ६०० को बजेट प्रस्ताव गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले जानकारी दिए ।