काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका करिब १७ हजार नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ हजार ९ सय २२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७४ हजार २ सय ७२ पुगेको छ ।
भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १४ हजार ९ सय १४ पुगेको छ । गएको २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४ सय १८ जनाको मृत्यु भएको हो । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा १ लाख ४२ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने ६ हजार ७ सय ३९ जनाको मृत्यु भइसको छ ।
दिल्लीमा ७० हजारभन्दा संक्रमित भेटिँदा दुई हजार ३ सय ६५ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ८ सय ६६ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशमा १९ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५ सय ९६ जनाको मृत्यु भइसकेको छ ।
पश्चिम बंगालमा पनि १५ हजारभन्दा धेरै संक्रमित भेटिँदा ५ सय ९१ जनाको मृत्यु भएको छ । बिहारमा अहिलेसम्म ८ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५७ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका २ लाख ७१ हजार ६ सय ९७ संक्रमित डिस्चार्ज भइसकेका छन् ।