किसानलाई प्रोत्साहन गर्ने गीत

किसानलाई प्रोत्साहन गर्ने गीत

काठमाडौं । बैदेशिक रोजगारीमा गएका हजारौं युवा यतिखेर कोराना कहरका कारण स्वदेश फर्किएका छन् । काउली परेर चिप्लो भएको बाटोमा ओहोरदोहोर गर्ने पाइलाहरु बढेका छन् ।

सिरुपाते र बनमाराले ढाकेका खेतियोग्य जमिनतिर हेरेर युवा अलमलमा परेका छन्, यहिँ केहि गरौं या फेरी अर्काको देशमा पसिना बगाउन जाउँ ।
यस्तो दोधारे अवस्थालाई मध्यनजर गर्दै गायक एंव संगीतकार कारसाङ लामाले ‘हामी किसान’ बोलको गीत सार्वजानिक गरेका छन् ।

गीतमा कृषकलाई प्रोत्साहन गर्न सरकारलाई आग्रह गरिएको छ ।

कारसाङको संगित रहेको गीतमा रमाइलो पाराले रोपाई गरिरहेको भिडियो देखाएर कृषि पेशामा युवालाई लोभ्याउने कोशिस पनि गरिएको छ ।

गीतमा कलाकार तथा समाजसेवी बीरबहादुर तामाङको प्रस्तुती, गीतकार, गायक तथा निर्देशक बाबु जिम्बाको शब्द, गायक एंव संगीतकार कारसाङ लामाको संगीत र संगीत संयोजन रहेको छ भने बाबु जिम्बा, कारसाङ लामा,आकाश र सन्तोष तामाङको स्वर रहेको छ ।

भिडियोलाई उनै गायक एंव निर्देशक बाबु जिम्बाले निर्देशन गरेका छन्, भने भिडियो सम्पादन आशिष जिम्बाले गरेका छन ।

भिडियो हेर्नुस् :