भारतमा फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमण

भारतमा फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमण

काठमाडौं । भारतमा कोरोना संक्रमण फरि ह्वात्तै बढेको छ । सोमबार त्यसअघिको तुलनामा घटेको कोरोना मंगलबार फेरि ह्वात्तै बढेको हो । भारतमा सोमबार १३ हजार ५४० संक्रमित थपिँदा ३१२ जनाको मृत्यु भएको थियो । तर, त्यो संख्या बृद्धि हुँदै मंगलबार १५ हजार ६६५ जना नयाँ संक्रमित फेला परे भने ४६८ जनाको मृत्यु भयो । 

संक्रमित र मृतक संख्या हालसम्मकै दैनिक उच्च बृद्धिदर हो । योसँगै बुधबार बिहान ९ बजेसम्मको तथ्याङकअनुसार भारतमा संक्रमितको संख्या ४ लाख ५६ हजार ११५ र मृतक संख्या १४ हजार ४८३ पुगेको छ । 

हालसम्म संक्रमितमध्ये २ लाख ५८ हजार ५ सय बढी निको हुँदा करिब ९ हजारको अवस्था गम्भीर छ ।