भारतमा कोरोना आक्रमक, थपिए अहिलेसम्मकै धेरै संक्रमित

भारतमा कोरोना आक्रमक, थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १४ हजार ८२१ जना नयाँ संक्रमित भेटिएका छन् । संक्रमणबाट ४४५ जनाको मृत्यु भएको छ ।

पछिल्लो संक्रमितहरु थपिएसँगै भारतमा कुल संक्रमितको संख्या ४ लाख २६ हजार ९१० पुगेको छ । जसमध्ये सोमबार दिउँसो २ बजेसम्ममा १३ हजार ७०३ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, कुल संक्रमितमध्ये २ लाख ३७ हजार २५२ जना उपचारपछि निको भएका छन् भने १ लाख ७५ हजार ९५५ जना उपचाररत छन् । कोरोनाभाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमध्ये भारत चौथो स्थानमा छ ।

विश्वभरिमा ९० लाख ६० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ । आइतबार एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो एकैदिन नयाँ संक्रमित थपिएका अहिलेसम्मकै बढी संख्या हो।