सुशान्तले घरका स्टाफलाई तलव दिंदै आत्माहत्या गर्ने संकेत दिएको खुलासा

सुशान्तले घरका स्टाफलाई तलव दिंदै आत्माहत्या गर्ने संकेत दिएको खुलासा

मुम्बई । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको बिषय अहिले चर्चामा छ। अभिनेता सिंहले यहि जुन १४ मा मुम्बईको बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन। उनी आफ्नै हत्या गर्न किन बाध्य भए भन्ने कुरा अझै खुलेको छैन।

सुशान्तको निधनका लागि बलिउडको नातावाद जिम्मेवार रहेको भन्ने बहस समेत अहिले चर्चा छ । उनको मृत्युको कारण भन्दै अभिनेता सलमान खान लगायतका कलाकार विरुद्ध प्रहरीमा उजुरी समेत परेको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

सुशान्तको मृत्यु हुँदा कुनै ‘सुसाइड नोट’ समेत फेला नपरेकाले घटना रहस्यमय बनेको हो। सुशान्तको परिवार पटनामा थियो भने उनी आफैले मुम्बईमा किनेको घरमा एक्लै बस्दै आएका थिए। सयौं करोड सम्पतिका मालिक सुशान्तले घरमा काम गर्न स्टाफहरु राखेका थिए।

उनको मृत्युको खबरपनि स्टाफलेनै प्रहरीलाई जानकारी दिएपछि बाहिरिएको थियो । सुशान्तले मृत्युको ३ दिन अघि घरका सबै कामदारलाई बोलाएर तलब दिएको खुलेको छ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले प्रहरीको स्रोतलाई उदृत गर्दै सुशान्तले मृत्युको ३ दिन अघि सबैलाई तलव दिएको जनाएको छ। तलव दिँदै सुशान्तले भनेका थिए ‘राख्नुस् अब सायद स्यालरी दिन पाउनेछैन्।’ स्टाफले भने कोरोनालाइर् लक्षित गरेर उनले सो कुरा बताएको भन्ने बुझेको बताएका थिए ।