काठमाडाैं । पछिल्लो समय भारतमा कोरोना भाइरस थप आक्रमक भएको छ । बिहीबार १४ हजार ५२ नयाँ संक्रमित भेटिँदा ३ सय ४२ जना संक्रमितको मृत्यु भएको छ । संक्रमित संख्या अहिलेसम्मकै उच्च हो ।
भारतमा मंगलबार २००४ तथा बुधबार ३४१ जनाको मृत्यु भएको थियो । यो पनि पढ्नुस पत्ता लाग्यो कोरोना भाइरसको भ्याक्सिन योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ८१ हजार पुग्दा १२ हजार ६०४ जनाको मृत्यु भएको छ । बुधवार भारतमा १३ हजार २ सय १९ जना संक्रमित भेटिएका थिए ।
कोरोना आक्रमक भएपछि तलिमनाडुको राजधानी चेन्नई र योसँग जोडिएका तीन जिल्लामा एकपटक पुनः लकडाउन लागू गरिएको छ । यहाँ अब अत्यावश्यक सामानको पसल र मेडिकल स्टोरमात्रै खुल्नेछन् । १२ दिनसम्म लागू गरिएको लकडाउन २० जूनसम्म चल्नेछ ।
चेन्नईमा करिब ३७ हजार बढी संक्रमित छन् जबकि पूरा तमिलनाडुमा संक्रमितको आँकडा ५० हजार छ । राज्यमा हालसम्म ६ सय जनाको मृत्यु भइसकेको छ । संक्रमितको तुलनामा यहाँको मृत्युदर कम नै छ । यसबारे अनुसन्धान सुरु भएको छ । एक रिपोर्टका अनुसार चेन्नईमा २ सय जनाको मृत्युलाई कोरोना संक्रमितको मृत्युसँग जोडिएको थिएन ।
भारतमा यो महिनाको सुरुवातमा लकडाउन हटाइएको थियो । चेन्नई एक मात्र शहर हो जहाँ पूर्ण रुपमा लकडाउन लागू गरिएको छ ।