भारतमा भेटिए अहिलेसम्मकै धेरै संक्रमित

भारतमा भेटिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडाैं । बिहीबार एकै दिन १४ हजार बढी संक्रमित भेटिएका छन् । त्यहाँ बिहीबार १४ हजार ५२ नयाँ संक्रमित भेटिँदा ३ सय ४२ जना संक्रमितको मृत्यु भएको छ । संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । 

भारतमा मंगलबार २००४ तथा बुधबार ३४१ जनाको मृत्यु भएको थियो । यो पनि पढ्नुस पत्ता लाग्यो कोरोना भाइरसको भ्याक्सिन योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ८१ हजार पुग्दा १२ हजार ६०४ जनाको मृत्यु भएको छ । बुधवार भारतमा १३ हजार २ सय १९ जना संक्रमित भेटिएका थिए । 

त्यहाँ निको हुनेको संख्या पनि उच्च रहेको छ । त्यहाँ संक्रमितमध्ये २ लाख ५ हजार १८२ जना निको भइसकेका छन् । यो पनि पढ्नुस कस्तो छ कोराना संक्रमित युवतीको अबस्थारु बिहीवार दिल्ली, महाराष्ट्र र उत्तर प्रदेशमा कोरोना संक्रमित ह्वात्तै थपिँदा एकै दिन नयाँ रेकर्ड कायम भएको हो । 

महाराष्ट्र र दिल्लीमा एकै दिन सर्वाधिक संक्रमित थपिएका छन् । महाराष्ट्रमा ३ हजार ७ सय ५२ र राजधानी दिल्लीमा २ हजार ८ सय ७७ जनामा संक्रमण भेटिएको हो । यो पनि पढ्नुस रूसमा कोरोनाको कारण करिब ५०० चिकित्सकको मृत्यु बिहीवार नेपालसँग जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा ६ सय ३० नयाँ संक्रमित भेटिएका छन्। आन्द्र प्रदेशमा ४ सय २५ र तेलङ्गानामा ३ सय ५२ जना नयाँ संक्रमित भेटिएका छन् ।