सुशान्तको आत्माहत्या प्रकरणमा जोडिए सलमान खानसहित यी ७ निर्माता, आत्माहत्या दुरुत्साहनको मुद्दा लाग्ने !

सुशान्तको आत्माहत्या प्रकरणमा जोडिए सलमान खानसहित यी ७ निर्माता, आत्माहत्या दुरुत्साहनको मुद्दा लाग्ने !

काठमाडौं । छोटो समयमा बलिउडमा लोकप्रियता हाँसिल गर्न सफल कलाकार हुन् सुशान्त सिंह राजपूत । सुशान्त सिंह राजपूतको निधनभएसँगै यसमा मुख्य कारकको अहिले भारतमा खोजी भइरहेको छ ।

बलिउड नायक सलमान खानसहित ७ जना निर्माताले सुशान्तलाई आत्माहत्या गर्न बाध्य पारेको आशंका गरिएको छ । सुशान्तलाई बलिउडका टप ७ निर्माताहरुले आफ्नो चलचित्रमा नखेलाउने भनेर घोषणा समेत गरेको रहस्य सहितको एक रिर्पोटमा बाहिरिएको छ ।

७ निर्माताहरुले राजपूतको सफलतालाई अघि बढ्न नदिन आफ्नो चलचित्रमा नखेलाउने र अरुलाई समेत सुशान्तसँग काम नगर्न आग्रह गरिरहेको गोप्य रहस्य सुशान्तको कानमा परेको बताइन्छ । जसका कारण उनी डिप्रेशनमा गएको रिर्पोटको दाबी छ ।

रिर्पोटमा सुशान्तलाई अघि बढ्न नदिन ग्रुपिजम गर्नेमा मुख्य निर्माता सलमान खान र करण जोहर भएको समाचार भारतीय मिडियाले छापेका छन् । त्यस्तै आदित्य चोपरा, भुषण कुमार र दिनेश भिजनले समेत रहेको रहस्य खुलेको छ ।

करण जोहरले आफ्नो आगामी चलचित्रमा लिने भन्दै फोन गर्न आग्रह गरेर पछि तिमि स्टार भैनसकेको र आफू स्टारसँग मात्र काम गर्ने भन्दै होच्याउने गरेको बताइन्छ । प्रहरीले अनुषन्धान थालेको र उनीहरुले सुशान्तलाई बायस गर्ने रणनीति बनाएको देखिएमा आत्माहत्या दुरुत्साहनको मुद्दा लगाइने प्रहरी स्रोतले बताएको छ ।