छोरीको बाबु बनेका गायक प्रमोद खरेललाई एकाएक आइपर्यो तनाव, भन्छन्-'रूनु न हास्नु भयौं'

छोरीको बाबु बनेका गायक प्रमोद खरेललाई एकाएक आइपर्यो तनाव, भन्छन्-'रूनु न हास्नु भयौं'

काठमाडौं । चर्चित गायक प्रमोद खरेल बाबु बनेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत  छोरीको बाबु बनेको सार्वजनिक गरेका हुन् । खेरेलले घरमा लक्ष्मीको आगमन भएको र जीन्दगीले अर्को खुसीको आकाश छोएको बताएका छन् । 

तर यो खुसीको आगमनको पूर्वसन्ध्यामा तनावग्रस्त अवस्थाको सामना गर्नुपरेको उनले खुलाशा गरेका छन् । छोरीको जन्म ६ दिन अगाडि नै भएको भएपनि खरेलले आज मात्र छोरीलाई काखमा लिन पाए । भ्यान्टिलेटरमा ६ दिनको कठिन संघर्ष पछि बल्ल छोरीलाई काखमा लिन पाएको उनले बताए । छोरीलाई के भएको थियो भन्ने चाँही उनले खुलासा गरेका छैनन् । 

उनले अगाडी लेखेका छन्, तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौं, सबैसँग खुशी बॉडने असीमित चाहना हुदाहुदै पनि सकिएको थिएन, न त दुखै साटन सकियो। खुशी पक्कै आउला भनेर हरेस खाइएन । डा. नुतन शर्मा, डा. शिव चालिसे, डा. गणेश शाह लगायत अल्का हस्पिटल टिम, शुभेच्छुक,भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं ।

प्रमोद खरेल नेपाली आधुनिक तथा पार्श्व गायक हुन्। उनी नेपालको वर्तमान सङ्गीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रुपमा परिचित छन्। खरेलले हालसम्म विभिन्न किसिमका २००० भन्दा बढी गीतहरू रेकर्ड गरिसकेका छन्।  खरेल नेपाली वास्तविक टेलिभिजन कार्यक्रम द भोइस अफ नेपाल का निर्णायक रहँदै आएका छन् ।