झडपमा चीनका कमाण्डिङ अफिसरसहित ४० जना मारिएको भारतको दाबी

झडपमा चीनका कमाण्डिङ अफिसरसहित ४० जना मारिएको भारतको दाबी

काठमाडौं । भारत–चिनियाँ सैनिकबीच गलवान घाँटीमा भएको हिँस्रक झडपमा ४० भन्दा बढी चिनियाँ सैनिकको मृत्यु भएको भारतले दाबी गरेको छ । झडप भएको स्थाननजिकै ठूलो संख्यामा एम्बुलेन्स, घाइते र मृत्यु भएका चिनियाँ सैनिक स्ट्रेचरमा लगिरहेको देखिएको दाबी भारतीय सञ्चार माध्यम आजतकले दाबी गरेको छ । 

यसबाहेक गाल्भान नदीनजिक चिनियाँ हेलिकप्टरको आवागमन बढेको र त्यसले सैनिक ओसारिरहेको उसको दाबी छ । स्रोतका अनुसार झडपमा चीनका कमाण्डिङ अफिसरको पनि मृत्यु भएको बताइएको छ । उनले नै झडपको अगुवाई गरिरहेका थिए । त्यस्तै भारतीय सेनाका कमाण्डिङ अफिसरको पनि मृत्यु भएको थियो ।

भारतकाअनुसार उक्त हिँस्रक झडपका क्रममा चीनलाई ठूलो नोक्सान भएको दाबी गरेको छ । झडपमा पुगेका सैनिकले चिनियाँ सैनिकको मृत्युको संख्या ४० भन्दा कम नरहेको बताएका छन् । भारततर्फ २० जनाको मृत्यु भएको नाम सार्वजनिक भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।