भारत चीन सीमामा सैनिकबीच झडपः मृत्यु हुने भारतीय सेनाको संख्या २० पुग्यो

भारत चीन सीमामा सैनिकबीच झडपः मृत्यु हुने भारतीय सेनाको संख्या २० पुग्यो

एजेन्सी । १४ हजार उचाइमा रहेको भारत चीन सीमा लद्दाखको गालवनमा भएको झडपमा २ं० भारतीय सेनाको मृत्यु भएको छ । झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

४५ वर्षपछि भारत र चीनबीच सैनिक हिंसा भएको हो । सोमबार राति भएको हिंसामा हालसम्म २० सैनिकको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । चीनतर्फको संख्या भने अहिलेसम्म खुलाइएको छैन । 

पछिल्लो डेड महिनायता लद्दाखमा तनाव भइरहेको छ । द्धिपक्षीय वार्ता जारी रहेकै बेला सोमबार सीमामा सैनिकहरुबीच झडप भएको हो । 

ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबूको नाम सार्वजनिक भए पनि अन्यको नाम सार्वजनिक भएको छैन । हाल उक्त क्षेत्रबाट दुवै देशका सैनिक हटेको जनाइएको छ ।