भारत र चीनको सैनिकबीच झडप, तीन भारतीय मारिए

भारत र चीनको सैनिकबीच झडप, तीन भारतीय मारिए
फाइल फोटो ।

काठमाडौं । लद्दाखको गलवान भ्यालीस्थित चीन र भारतको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यू हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् ।

सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो ।

सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । पछिल्लो समय एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो ।

यसको निकास खोज्न दुई देशका अधिकारीहरु गत ६ जुनमा वार्तामा बसेका थिए । तर सोमबारको घटनाले फेरि तनाव बढ्ने देखिएको छ ।