साउदीबाट २२३ जना बिहीबार नेपाल फर्किँदै, को को छन् सूचीमा?

साउदीबाट २२३ जना बिहीबार नेपाल फर्किँदै, को को छन् सूचीमा?

काठमाडौं । आउँदो बिहीबार साउदी अरेवियाबाट २२३ नेपाली स्वदेश फर्कने भएका छन् । हिमालय एइरलाइन्सबाट उनीहरु आउन लागेका हुन् । साउदीस्थित दूतावासले नेपाल फर्कनेहरुको सूची सार्वजनिक गरेको छ ।

साउदीको दमामबाट उनीहरु फर्कन लागेका हुन् । नेपाल फर्कनेहरुले कोभिड परीक्षणको रिपोर्ट पनि यात्राअघि लिनुपर्नेछ । रिपोर्ट नेगेटिभ भएकाले मात्र यात्रा अनुमित पाउनेछन् ।  

फर्कन चाहनेका लागि भाडा १७ सय ४४ रियाल तोकिएको छ । हवाइ टिकटका लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।