बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

नयाँ दिल्ली । बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। मुम्बईको  बान्द्रास्थित  आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी डिप्रेसनबाट पीडित भएको बताइएको छ ।

राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए। राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

३४ वर्षीय राजपुतले काय पो चे, शुद्ध देसी रोमांस, पीके,  केदारनाथ, छिछोरे लगायतका चलचित्रमा अभिनय गरेका थिए।